नेपालमा टेबल टेनिसको विशेष कार्यक्रम

tt4e
संयुक्त राष्ट्र संघको युएनडिपी खेलकुद विकास अन्तरगतको विशेष पारा टेबल टेनिस कार्यक्रम नेपालमा संचानल भएको छ । विश्वभरनै संचालन भएको कार्यक्रम नेपालमा अखिल नेपाल टेबल टेनिस संघ र राष्ट्रिय शारीरिक अपाङ्ग टेबल टेनिस संघको संयुक्त आयोजनामा संचालन भएको छ । उक्त कार्यक्रम अन्तरगत नेपालको ६ स्थान काठमाण्डौको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र र लैनचौरस्थित टेटे प्रशिक्षण केन्द्र, पोखरा, विराटनगर, धनगढी र नेपालगंजमा अपाङ्ग खेलाडीहरुमा टेबल टेनिसको पहुंच पु¥याउने उद्धेश्यले प्रशिक्षण प्रदान गरिने छ ।
अन्तराष्ट्रिय टेबल टेनिस महासंघका डेपुटी सिईओ ग्लेन टेम्परको नेतृत्वमा आएको ६ सदस्यीय अस्ट्रेलियन टोलीकी सदस्य ओलम्पियन खेलाडी मेलिसे ट्यापरले खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने छिन् । उनी ओलम्पिक र पारा ओलम्पिकमा सहभागी खेलाडी समेत रहेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए । सोहि क्रममा हिजो खगेन्द्र नवजीवन केन्द्रका अपाङ्ग खेलाडीहरुलाई र आज हनुमान ढोका दरवार स्क्वायरमा प्रशिक्षण प्रदान गरियो ।
३ बर्ष सम्म संचालन हुने कार्यक्रम १ करोड युएस डलरको रहेको छ । जस मध्ये ३० लाख बराबरको सामान आईसकेको समेत उपाध्यक्ष बज्रचार्यले जानकारी गराए । उक्त सामानहरु खेलाडीहरुलार्य हस्तान्तरण गरिने छ ।

Comment