तेक्वान्दो खेलाडी सम्मानीत

taekwondo2
नेपाल तेक्वान्दो संघले भारतमा सम्पन्न १२ औ दक्षिण एसियाली खेलकुद(साग)का पदक विजेता तेक्वान्दो खेलाडीलाई सोमबार सम्मान गरेको छ । सम्मानीत हुनेमा रजत पदक विजेता आयशा शाक्य, यान कुमारी चौलागाइ, ज्ञानी चुनारा, निमा साङ्ग गुरुङ्ग,रेजिना कार्की, बिर बहादुर महरा र सक्षम कार्की छन् । यसैगरी, काश्य पदक विजेता निश्चलमान श्रेष्ठ, रामहरी महत र सुनील पौडेल पनि सम्मानीत भए । रजत पदक विजेताले १७ हजार तथा काश्य पदक विजेताले १० हजार रुपैया पाए ।
प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले खेलाडीलाई सम्मान गरे । सो अबसरमा १२ औ सागमा टोलीको जिम्मेवारी सम्हाल्ने प्रशिक्षकलाई पनि सम्मान गरियो । सम्मानीत हुने प्रशिक्षकमा बरिष्ठ मुख्य तेक्वान्दो प्रशिक्षक ध्रुब गुरुङ्गका साथै बरिष्ठ साहयक तेक्वान्दो मुख्य प्रशिक्षक संगीना बैद्य, तेक्वान्दो साहयक मुख्य प्रशिक्षक नबीन श्रेष्ठ तथा प्रशिक्षक दिपक विष्ट र गणेश जिम्बा छन् । सो अबसरमा ब्यबस्थापक सुमन घलेलाई पनि सम्मान गरियो ।सो अबसरमा सागमा सहभागि अन्य खेलाडीलाई सम्मान गरियो । सागमा मोहम्मद ओएस, प्रेम बहादुर बुढाथोकी र चन्द« राना सहभागी थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणा सहित तेक्वान्दो संघका अधीकारी, प्रशिक्षक र खेलाडीहरुको उपश्थिती थियो ।

Comment