एपिएफ सेमिफाईनलमा प्रवेश

butwal football1eबुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा विभागिय टिम एपिएफ काठमाडौं विजयी भएको छ ।
घरेलु टिम खनाल ब्रदर्शलाई पेनाल्टी सुट आउँटमा ३–२ ले हराउँदै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको छ । खेलको २८ औं मिनेटमा एपिएफका लागि चुरामणी चौधरीले गोल गर्दै अग्रता बनाए पनि खनाल ब्रदर्शका लागि खेलको ६७ औं मिनेटमा भिक्टरले गोल ग्रे ।
निर्धारित समयको खेल १÷१ को बरावरी भएपछि खेलको नतिजा टाईवेकर मार्फत लिइएको थियो । टाईवेकरमा खनाल ब्रदर्शका लागि शिव श्रेष्ठ र भुपाल गुरुङले गोल गरे । दोना थापा, रजीन धिमाल र पुकार गहराजले हानेको पेनाल्टी गोलमा परिणत हुन सकेन । यता एपिएफका लागि गणेश थापा, विशाल श्रेष्ठ, र निरज श्रेष्ठले गोल गरे । भिम श्रष्ठको बल बारमा लागेर फर्किएपनि एपिएफ ३–२ ले विजयी भयो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार सुनौलो संगम युवा क्लव र पश्चिमाञ्चल प्रहरी टिम बुटवलका बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ ।

Comment