यती सिमेन्ट नेपालगन्ज गोल्डकप हुने

nepalgung gold cup1e
बाकेको नेपालगन्जमा ‘प्रथम यती सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । बाके जिल्ला फुटबल संघको आयोजनमा प्रतियोगिता आगामी बैशाख दोस्रो साता हुने भएको हो । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता ११ देखि २१ बैशाखसम्म चल्ने बिहिबार पत्रकार सम्मेलनमा जानएकारी गराइयो । प्रतियोगितामा भारतको दुइ टोलिसहित ८ टोलीको सहभागिता रहने छन् । प्रतियोगिता संचालन गर्न अखिल नेपाल फुटबल सघले प्राविधिक सहयोग गर्ने छ ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार रुपैया प्राप्त गर्ने छ भने उपविजेताले १ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट प्रदर्शन गर्ने र सर्वा्धिक गोल गर्ने खेलाडीले आकर्षक पुरस्कार जित्ने आयोजकले जनाएको छ ।
यसैबीच पत्रकार सम्मेलनमा बाके जिल्ला फुटबल संघ र मुख्य प्रायोजक यति सिमेन्टबीच प्रयोजन सम्झौतामा हस्तक्षर भएको छ । प्रायोजक सम्झौतामा सघका अध्यक्ष भोज राज शाही र यति सिमेन्टका निर्देशक संजय अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता संचालन गर्न मुख्य प्रायोजक यति सिमेन्टले ६ लाख रुपैया आयोजकलाई उपलब्ध गर्ने छ ।

Comment