टेबलटेनिसको प्रशिक्षण शनिबारदेखि

काठमाडौं जिल्ला खेलकुद विकास समिति तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको संयुक्त आयोजनामा टेबलटेनिसको समर क्याम्प तथा विशेष प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।विद्यालयका खेलाडीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको समर क्याम्पमा करिब ४० को सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
विशेष प्रशिक्षणमा गत महिना लैनचौरमा सम्पन्न आठौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा सेमिफाइनल पुग्ने ३२ खेलाडीलाई सहभागी गराइने छ ।प्रशिक्षण सञ्चालन गर्न टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक सुरेन्द्र सुवालको संयोजकत्वमा ७ सदस्यीय प्राविधि टोली गठन गरिएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रशिक्षण १९ बैशाखसम्म सञ्चालन हुनेछ ।

Comment