पाचौं डानको ग्रेडिङ सम्पन्न

taekwondoe
नेपाल तेक्वान्दो संघको यस बर्षको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । तेक्वान्दो प्रशिक्षण केन्द्र त्रीपुरेश्वरमा बुधबार नवौ समुहको पाचौ डान प्रमाणपत्र वितरणसंगै बर्षको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । बुधबार नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणा र महासचिव दिपराज गुरुङले ग्रेडिङमा उत्तिर्ण २९ जनालाई प्रमाणपत्र वितरण गरे ।कार्यक्रममा तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन विक र नेपाल तेक्वान्दो संघका सदस्य कसिम मिया लगायतको उपश्थिती थियो । नोर्बुल लामा र सुमन घलेले प्रशिक्षण दिएका थिए भने अर्जुनले ग्रेडिङ लीएका थिए ।

Comment