निवासलाई छैटौं डान

nn
नेपाल सोतोकान कराते महासंघका अध्यक्ष एवं सोतोकान करातेका प्रमुख प्रशिक्षक निवास गोपाल बैद्यले सोतोकान कराते ईन्टरनेशनल फेडेरेशनबाट छैटौ डानको उपाधी प्राप्त गरेका छन् । जापानको टोकियो शहरमा मार्च २५ देखि २८ सम्म आयोजना भएको तेश्रो अन्तराष्ट्रिय सेमिनार तथा बेल्ट अपग्रेड बेल्ट टेस्टको परिक्षामा उत्तीर्ण हुंदै बैद्यले उक्त छैटौ डान प्राप्त गरेको जापानबाट बैद्यले जानकारी गराएका छन् ।विश्व सोतोकान करातेका ग्रान्ड मास्टर हिरोकाजु कनाजावाले लिएको परिक्षमा नेपाल सहित ४५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ब्लाक बेल्ट देखि सातौं डान सम्मको ग्रेडिङ्ग परिक्षा लिईएको थियो । प्रशिक्षक दिनेश बज्राचार्य र जापानमानै रहेका सुमन अवालले समेत सेमिनारमा सहभागिता जनाएका थिए ।

Comment