ठकुरीलाई रजत पदक

ujwolle
मार्कर काउन्टी २१ सौ बर्षको कराते प्रतियोगितामा उज्जवल ठकुरी रजत पदक जित्न सफल भए । यस खेलमा जित्नेले विश्व उपाधि फित्ता प्राप्त गर्ने जनाइएको छ ।  न्युजर्सीमा आयोजना भएकोे भिडन्तलाई निकै महत्वपूर्ण तथा ख्याति प्राप्त प्रतियोगिता मानिन्छ ।
यस खेलमा अन्तिम भिडन्तमा ४० देखि ५० को खुला प्रतियोगितामा ठकुरीको प्रतिस्प्रद्धा फिलाडेलफियाका ६ फुट ४ इञ्चका अफ्रिकन अमेरिकियन शान जोनेससंग भएको थियो । ठकुरीले अहिले सम्म ७ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । १० वटा राज्यहरुमा खेल खेलेर अनि खेलबाट पूर्ण बिराम लिने सोचमा रहेका ठकुरी अमेरिकाको थुप्रै राज्यरमा नेपालको झन्डा गाड्ने पहिलो खेलाडी बन्ने अवसर प्राप्त गरेका छन् ।

Comment