आइओएफटिसिको देभराजलाई सहयोग

riken maharjan
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको नेप्लिज रिविउल्डले शनिवार मुस्कान सेवा नेपालमा आश्रीत रहेका सिन्धुपाल्चोकका देभराज कार्कीको पढाइका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेप्लिज रिविउल्डका नेपाल संयोजक रिकेन महर्जनले मुस्कान नेपाल सेवा नेपालकी अध्यक्ष भवानी कुमारी गुरुङ राईलाई एकलाख बराबरको चेक हस्तान्तरण गरेका थिए ।
भुकम्पकबाट सम्पूर्ण घरबार गुमाएका सिन्धुपाल्चोक दुस्कान १ का १२ बर्षिय देवराज कार्कीको एकबर्षको पाढाइ तथा अन्य खर्चस्वरुप आइओएफटिसिले सो रकम हस्तान्तरण गरेको हो । तेक्वान्दो खेलाडी समेत रहेका देवराजले अमेरिकामा रहेको आइओएफटिसीबाट प्राप्त रकमले आफ्नो भविश्व सुनिश्चित हुने भन्दै खुसी व्यक्त गरे ।
मुस्कान नेपालकी अध्यक्ष राईले आइओएफटिसीले भुकम्पबाट प्रभावित बालबालिकाको पढनपाठनमा सहयोग गरेर ठूलो उपकार गरेको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, ‘तेक्वान्दो खेलमात्र होइन सद्भाव र प्रेमको प्रतिक समेत रहे छ भन्ने सन्देश यसले लिएको छ ।’
नेप्लिज रिविउल्डअन्तर्गत आइओएफटिसिले सिन्धुपाल्चोक, दोलखामा भुकम्प पिडितलाई राहत प्रदान गरेको थियो भने । विभिन्न संस्थामा आक्षित भुकम्प पिडित बालबालिकाको पठन पाठनका लागि समेत सहयोग प्रदान गरेको छ । गत जनवरीमा आइओएफटीसीकी महासचिव केरेन ब्ल्याकलेज र टुर्नामेन्ट डाइरेक्टर दिवाकर डान महर्जनले विभिन्न स्थानको भ्रमण गरि सहयोग गर्नुपर्ने स्थान र बालबालिकाको पहिचान गरेका थिए । सोहि आधारमा सहयोग रकम हस्तान्तरण भइरहेको संयोजक रिकेनले बताए । केहि दिन अघि आमा घर र खोकनामा समेत राहत हस्तान्तरण गरिएको थियो ।

Comment