नवीता ४४६ औं स्थानमा

पाँचपटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नवीता श्रेष्ठ विश्व वरीयतामा ४४६ औं स्थानमा रहन सफल भएकी छन् । वर्तमान सिंगल्स च्याम्पियन नवीता १ हजार ३ सय ६६ अंकसाथ उक्त वरीयता प्राप्त गर्न सफल भएको अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । त्यस्तै हालै प्रकाशित वरीयतामा १ हजार १३ अंकसहित रविना महर्जन ६०८ औं तथा १ हजार ९ अंकसहित पुरुषोत्तम वज्राचार्य ५१८ औं वरीयता प्राप्त गर्न सफल भएको महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment