वादोरियोको दक्षिान्त समारोह

bado4
नेपाल वादोरियो कराते डो संघले सञ्चालन गरेको ग्रेडिङबाट १९ जना दीक्षित भएका छन् । उनीहरुलाई ११ औं दक्षिान्त समारोहमा विभिन्न डानको प्रमाणपत्र वितरण गरियो । नेपाल कराते महासंघका महासचिव समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीका अनुसार समान ४–४ ले चौथो र तेश्रो, ८ ले दोश्रो तथा ३ ले पहिलो डान प्राप्त गरे । चौथो डान प्राप्तगर्नेमा उदयपुरका सूर्यकुमार राई, सिन्धुपाल्चोकका चित्र प्रसाद श्रेष्ठ, सिन्धुलीका रमेश ढुंगेल र सन्तोष माझी रहेका छन् । दोलखाका सिमोन खत्री, रौतहटका विष्णुलाल श्रेष्ठ, सुनसरीकी बुनु राई र दोलखाका नेत्र प्रसाद भुजेल तेश्रो डानमा पदोन्नती भए ।
दोश्रो डानबाट दीक्षित हुनेमा काभ्रेका लक्ष्मण तामाङ, रौतहटका शम्भु चौधरी, काठमाडौंकी रोएक्ता सिंह, काभ्रेका निमा तामाङ, नुवाकोटका मनोज लामा, ओखलढुंगाका मोहन तामाङ, काठमाडौंकी पूजा गुरुङ तथा सिन्धुलीका पुरुषोत्तम पोखरेल छन् । रौतहटका विक्रम राई, नुवाकोटकी कृशला लामा तथा नुवाकोटकै जोगमेहेर लामाले पहिलो डानको प्रमाणपत्र पाए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका उपाध्यक्ष विकास राणातथा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठले सामाखुशीस्थित साइब्याङक्युटमा आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे ।

Comment