वैद्य र वज्राचार्य जापान जाने

niwas dai1

तेश्रो अन्तर्राष्ट्रिय कराते सेमिनार तथा ग्रेडिङमा सहभागी हुन दुई सदस्यी नेपाली सोतोकान कराते टोली मंगलबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।नेपाल सोतोकान कराते डो संघ (एसकेआईएफ) का उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य र सदस्य दिनेश वज्राचार्य टोकियो जान लागेका हुन् । सेमिनार तथा ग्रेडिङ मार्च २५ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ ।
उनीहरुलाई नेपाल कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच दिबाइ गरे ।

Comment