कटारी गोल्डकपको उपाधी माईभ्यालीलाई

katari gfeउदयपुर

सिभिल होम्स दोस्रो कटारी गोल्डकपको उपाधि माईभ्याली फुटबल क्लब ईलामले कब्जा गरेको छ । आईतबार सम्पन्न फाईनलमा आयोजक कटारी –११ ४–२ ले हराउदै माईभ्यालीले उपाधि कब्जा गरेको हो ।
उपाधि कब्जा गरेसँगै माईभ्यालीले १ लाख २५ हजार रुपैयाका साथमा ट्रफी उचाल्दा उपविजेता आयोजक कटारी –११ ले नगद ७५ हजार रुपैयामा चित्त बुझायो । खेलमा म्यान अफ द म्याच माईभ्यालीका पुजन उप्परकोटी , उत्कृष्ट खेलाडी माईभ्यालीका छिरिङ्ग शेर्पा घोषित भए । त्यसैगरी सर्वोच्च गोलकर्तामा चार चार गोल गरेका माईभ्यालीका पासाङ्ग शेर्पा र कटारीका टंकु लामा घोषित भए । त्यसैगरी उदियमान खेलाडी कटारीका रतन परियार घोषित भए ।
खेलको ६ औं मिनेटमै माईभ्यालीका बिकाश लिम्बुले खोलको खाता खोलेका थिए । त्यसैगरी २८ औं मिनेटमा पासाङ्ग शेर्पाले गोल गरे पछि माइभ्याली ददुइ गोलको अग्रता लीन सफल भएको थियो । माईभ्यालीका पुजन उप्परकोटीले उतराद्र्धमा अर्को गोल गरे । अन्तिम समयमा माईभ्यालीका पासाङ्ग शेर्पाले गोल गरे । आयोजक कटारीका लागि दोस्रो हाफमा रन्जित आले मगर र रतन परियारले गोल गरेका थिए ।
विजेता र उपविजेता तथा पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले पुरस्कार प्रदान गरे । ३० फागुनदेखि जारी प्रतियोगितामा ८ टिमले प्रतिष्पर्धा गरेका थिए ।

Comment