आयोजकलाई टिम इभेन्टको उपाधि

bernhearttt
आयोजक कलेजले चौथो बर्नहार्ट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि शनिवार जितेको छ । फाईनल खेलमा बर्नहार्टले सामाजिक कलेजलाई ३–२ को सेटमा स्तब्ध बनायो । महिला एकलको फाईनलमा निस्ट कलेजकी सुस्मिता सापकोटाले आफ्नै कलेजकी सृष्टि कुवँरलाई ११–९,११–३ र ११–२ ले पराजित गरिन् । पुरुष एकलको फाईनल खेलमा डियर वाक कलेजका अनिष ढकालले ट्रिनिटिका सुवर्श थापामाथी ८–११,१५–१३,८–११,१३–११ र ११–६ को रोमाञ्चक जित निकाले । पुरुष डबलमा बर्नहार्टका रोहित महर्जन र शुशिल महर्जनको जोडिले ट्रिनिटिका सुवर्श थापा र मौसम श्रेष्ठको जोडिलाई ८–११,११–८,१७–१५ र ११–२ ले हराउदै स्वर्ण जिते ।

Comment