बालाजु टिम च्याम्पियन

renbokaie
बालाजु डोजोले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ बालाजु टिम च्याम्पियन बन्यो । नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगितामा मनमैजु डोजो ५ स्वर्ण र ३ कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानमा रहेको अपी स्कुलले ३ स्वर्ण, ४ रजत र २ कांस्य हात पा¥यो । पुरुषमा हिम्सका राजु लामा र महिलामा बालाजुकी विपना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक महेन्द्रकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जोरपाटीस्थित हिम्समा भएको दुईदिने प्रतियोगितामा ४ सय १७ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment