ललीतपुर टेबलटेनिसलाई सहयोग

tt lalitpure
ललितपुर जिल्ला टेलबटेनिस संघलाई जाइकाले सहयोग स्वरुप खेल सामाग्री शनिबार प्रदान गरेको छ । एक थान टेबलटेनिस बोर्ड र ८० थान बल गरी करिब ३५ हजार मूल्य बराबरको सहयोग प्राप्त भएको संघले जनाएको छ ।
जाइकाका प्रतिनिधि सिमिजु सुतोमुले जिल्ला संघका अध्यक्ष सुदील शाहीलाई सामाग्री हस्तान्तरण गरे । सो अवसरमा संघले सिमिजुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान समेत गरेको टेबलटेनिस राष्ट्रिय खेलाडी पुरुषोत्तम वज्राचार्यले जनाएका छन् ।

Comment