विआरसी भुटानलाई पराजित गर्दै माईभ्याली इलाम फाईनलमा

katari goldcup2
उदयपुर । उदयपुरको कटारीमा जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपमा माईभ्याली फुटबल क्लब ईलाम फाईनलमा प्रवेश गरेको छ । शुक्रबार प्mयान्स क्लब विआरसि भुटानलाई १–० ले पराजित गर्दै माईभ्यालीले फाईनलमा स्थान सुरक्षित गरेको हो । राजकुमार कन्दङ्गबाले ६५ औं मिनेटमा गोल गरे । उनी खेलका खेलमा म्यान अफ द म्याच समेत घोषित भए ।
आईतबार माईभ्यालीले उपाधिका लागि आयोजक कटारी ११ सँग प्रतिष्पर्धा गर्नेछ । आयोजकले विहिबार शसस्त्र प्रहरी बलको विभागिय टिम एपिएफलाई ३–२ ले पराजित गर्दै फाईनलमा आप्mनो स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार रुपैया पाउने छन् । ३० फागुन देखि जारी प्रतियोगितामा ८ टोलीको सहभागीता थियो । साथी समूह कटारी र कटारी नगरपालिकाको संयोजनमा कटारीमा कटारी गोल्डकपको दोस्रो संस्करण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष बिनोद कटुवाल दिवशले जानकारी दिए ।

Comment