सृष्टि र सुस्मिता फाईनलमा

bijeswarie
सृष्टि कुवँर र सुस्मिता सापकोटा चौथो बनहार्ट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिताको महिला एकलमा शुक्रवार फाईनलमा प्रवेश गरेका छन् । महिला एकलको सेमिफाईनल खेलमा निस्ट कलेजकी सृष्टिले आयोजक बनहार्टकी एन्जीना चवाललाई ३–० तथा निस्टकै सुस्मिताले न्युसमिटकी अम्विका थापालाई ३–२ को सेटमा हराउदै उपाधि नजिक पुगेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा भएको पुरुष टिम इभेन्टमा सफलता हात पादै आयोजक बनहार्ट र सामाजिक कलेज फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा बनहार्टले एशियन कलेजलाई ३–० ले तथा समाजिक कलेजले सगरमाथा कलेजलाई ३–० ले हराएका थिए । कलेजका सहायक प्रमुख शहदेव शिग्देलले उद्घाटन गरेको २ दिने प्रतियोगितामा १८ कलेजको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष सिगंल्स,पुरुष डबल ,महिला सिगंल र टिम इभेन्टको खेल समावेश गरिएको छ ।

Comment