उर्गेन र नबीनलाई स्वर्ण

renbokaie
बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे ।
नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा बालाजुका सुमित तामाङ, ४५ केजीमा आयोजकका राजु लामा तथा ५५ केजीमा एपीआई स्कुलका राजिव पुडासैनीले पहिलो स्थान हात पारे ।
महिलाको २० केजीमा जोरपाटीकी इशा मोक्तान, २५ केजीमा बालाजुकी प्रनिशासिंह ठकुरी, ३० केजमा आनन्दनगरकी गरिमा घिमिरे, ३५ केजीमा मनमैजुकी वर्षा बुढा मगर, ४० केजीमा बालाजुकी अल्बिना नगरकोटी तथा ४५ केजीमा बालाजुकी विभिशिका श्रेष्ठले स्वर्ण जिते ।
प्रतियोगिताको गृह मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ४ सय १७ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक रेशम लामाले जनाएका छन् ।

Comment