बर्नहाट कप अन्तर कलेज टेबलटेनिस शुक्रबारदेखि

dd tte
बर्नहार्ट कलेजको आयोजनामा शुक्रबारदेखि चौथो बर्नहाट कप अन्तर कलेज टेबलटेनिस प्रतियोगिता हुने भएको छ । बिहीबार बाफलस्थित बर्नहाटमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सहायक प्रमुख शहदेव शिग्देलले जानकारी दिए । लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा संचालन हुने प्रतियोगितामा पुरुष सिगंल्स,पुरुष डबल ,महिला सिगंल र टिम इभेन्टतर्फ खेल हुनेछन् । प्रतियोगितामा कुल १८ कलेजको सहभागीता रहेको बर्नहाटका निर्देशक रामचन्द्र थापाले बताए । प्रतियोगितामा विजेता खेलाडी तथा टिमले ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित लागत एक लाख ७५ हजार लाग्ने कलेजका को–अर्डिनेटर केशव पौडेल बताए । पछिल्लो सस्करणको विजेता आयोजक बर्नहार्ट कलेज नै रहेको इभेन्ट संयोजक आयुष जिसि भुजेलले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फको बेस्ट प्लेयरलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिता मार्फत नयाँ प्रतिभावान खेलाडी उत्पादनमा मद्धत पुग्ने सह–प्रमुख सिग्देलले बताए । दुई दिने प्रतियोगिता शनिवार सम्म चल्ने छ ।

Comment