नेपाली तेक्वान्दो खेलाडीलाई अमेरिकामा सम्मान

hollywoood taekwondo schoole

अमेरिकाको पोर्टल्यान्डमा रहेको हलिउड तेक्वान्दो स्कुलको बार्षिकउत्सवको अवसरमा नेपालका तेक्वान्दो खेलाडी प्रदीप ब्यञ्जनकारलाई नगदसहित सम्मान  गरिएको छ । सो अवसरमा विभिन्न व्यक्तित्वहरुले प्रदिपलाई करिब ८५ हजार रुपैया
पुरस्कार प्रदान गरेका थिए । प्रदिपले केहि समय अघि अमेरिकाको डर्नवग अन्तर्राष्ट्रिय तेक्वान्दो फेस्टिबलमा स्वर्ण पदक जितेका थिए । आफ्नै खर्चमा च्याम्पियनसिपमा सहभागी भइ स्वर्ण पदक  जितेका थिए । ललितपुरको मैत्री तेक्वान्दो डोजाङका खेलाडी प्रदिपले
इन्टरनेसन ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको २ स्वर्ण पदक जितेका छन् । उनले चार पटक आइओएफटिसिमा सहभागीता जनाएका थिए । उनलाई हलिउड तेक्वान्दो स्कुलले ५० हजार, नेपालकी ओलम्पिक सीता राईले १० हजार, एभरेष्ट एन्ड मार्केटका केशव महर्जनले १० हजार, एनआरएनए ओर्गन च्याप्टरका कोषाध्यक्ष दीपेन्द्र बजाचार्यले ५ हजार र छिन्दु तेम्बा शेर्पाले ६ हजार रुपैयाँ पुरस्कार
प्रदान गरेका थिए ।

आइओएफटीसिका महासचिव केरेन ब्ल्याकलेज, आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर डान महर्जन, एनआरएनए ओर्गेन च्याप्टरका उपाध्यक्ष दया शाक्य, नेपा छेका राजैनद्र महर्जन, मास्टर सिता राई लगायत प्रदीपकलाई दोसल्ला ओठाई सम्मान प्रत्र प्रदान गरेका थिए । हलिउड तेक्वान्दो स्कुलको बार्सिकउत्सवको अवसरमा स्कुलका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो ।‘प्रत्येक महिना एकजनालाइ महिनाको उत्कृष्ट खेलाडी चयन गरिन्छ र बार्षिक उत्सवको अवसरमा १२ जनालाई अवार्ड दिइन्छ तर एकजनालाई बर्षको उत्कृष्ट खेलाडी चयन गरि अवार्ड प्रदान गरिन्छ’ मास्टर डानले भने । हलिउड तेक्वान्दो स्कुलको बार्षिकउत्सवको अवसरमा  सास्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । पोर्टल्यान्डमा नेपाली सास्कृतिक कार्यक्रम आयोजना गर्दै नेपालको परिचय दिने कामसमेत स्कुलले गरेको छ ।

Comment