राष्ट्रिय च्याम्पियन दीपलाई मातृशोक

टेबल टेनिसका बर्तमान राष्ट्रिय च्याम्पियन एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका सदस्य दीप सावनलाई मातृ शोक परेको छ । सावनकी आमा रेणुका देवी सावनको ६९ बर्षको उमेरमा शनिबार निधन भएको थियो । उनी लामो समय देखि दम रोगले ग्रस्त रहेको काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।
उनको निधनमा काठमाण्डौ जिल्ला टेबल टेनिस संघले बिज्ञप्ती जारी गर्दै दुखः ब्यक्त गरेको छ । मृत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि ईश्वर संग प्रार्थना गर्दछौं जारी बिज्ञप्तीमा जनाईएको छ ।

Comment