रुपन्देही टेबलटेनिस संघमा कृष्ण कुमार

रुपन्देही जिल्ला टेबल टेनिस संघको १० औं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिति चयन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्य, उपाध्यक्ष धर्ममान बज्राचार्य र सचिव शंकर गौतमको उपस्थितीमा भएको अधिवेशनले संघको उपाध्यक्ष द्वयमा सुनिल मान श्रेष्ठ र महेन्द्र लिगललाई निर्वाचित गरेको छ । यस्तै संघले अर्जून मान सैजुलाई उपाध्यक्षम मनोनित गरेको संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । संघको सचिवमा सुरेन्द्र कुमार शाक्य, सह–सचिवमा महेश खनाल र कोषाध्यक्षमा नरबहादुर क्षेत्रीलाई चयन गरेको छ ।
यस्तै संघका सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, अमर विक्रम शाह, डिम्पल लिगल, सुनिल श्रेष्ठ, दीपक शेरचन, गिता अर्याल र स्विकृती श्रेष्ठ रहेका छन् ।
अधिवेशनलाई सम्वोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङ्गले पहिले भएको कभर्डहल अन्य खेलले उपयोग गरेका कारण जिल्लामा टेबल टेनिस खेल पछि परेको भन्दै नयाँ बनेको हल टेबल टेनिसलाई प्रदान गर्ने बताएको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।

Comment