विमल, नवयुग र उपेन्द्र सम्मानीत

bimal and nabayug1

१२औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण पदक बिजेता खेलाडी बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले एक कार्यक्रम गरी सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका फुटबल खेलाडीद्धय बिलम घर्तीमगर र नवयुग श्रेष्ठलाइ सम्मान गरेको हो । उक्त अवसरमा राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाइ पनि सम्मानित गरिएको थियो । एकेडेमीले सम्मानित खेलाडी तथा प्रशिक्षकलाइ ११ हजार १ सय ११ रुपैंया र कदरपत्रले सम्मान गरेको थियो ।
सागमा नवयुगले सर्वाधिक ७ गोल गर्दै नेपालले २३ वर्षपछि सागमा स्र्वण पदक दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । नेपालले दुई महिनाको अवधिमा दुई ठुला उपाधि जित्दा विमलको भूमिका महत्वपूर्ण रहेको थियो । त्यस्तै, नेपालले बंगबन्धु गोल्ड कप फुटबलको उपाधि जित्दा उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक थिए । नेपालले फूटबलमा केही गर्न सक्छ भन्ने सन्देश दिन विमल र नवयुग जस्ता खेलाडीको कदर गर्दै सम्मान गरेका हौ“ । ’’एकेडेमीका प्रिन्सिपल आर बी कट्वालले भने ।

Comment