फीटनेस एकेडेमीको उद्घाटन

 

fitness academyeगोदावरी फीटनेस एकेडेमीको शनीबार औपचारिक उद्घाटन भयो । ललीतपुर जिल्ला तेक्वान्दो संघका सल्लाहकार जितेन्द्र श्रेष्ठले कार्यक्रमको औपचारिक उद्घाटन गरे । मोहन कुमार बिष्ट कार्यकारी निर्देशक रहेको एकडेमीमा रमेस विष्ट,दिल मर्हजन, अमिन लामा र केशर पहारीले तेक्वान्दो प्रशिक्षण दिने छन् । यसैगरी, योगीता गोपालीले नृत्य तथा भक्त राज मर्हाजनले योगाको प्रशिक्षण दिने छन् ।
गोदावरी नगरपालीकाको टौखेलमा अबस्थित एकडेमीमा तेक्वान्दो र नृतत्यको प्रति महिना प्रशिक्षण शुल्क १ हजार रुपैया रहेको छ भने योगाको १ हजार ५ सय रुपैया प्रति महिना रहेको छ । उद्घाटन कार्यक्रममा एकडेमीका प्रबन्ध निर्देशक मोहन कुमार विष्ट, ललीतपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मणीराज विष्ट र ललीतपुर जिल्ला तेक्वान्दो संघकका कानुनी सल्लाहकार श्रीराम आचार्य लगायतको उपश्थिती थियो ।

Comment