रञ्जनको पुनरागमन

ranjan

नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठको तेक्वान्दो राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपालले फीलीपीन्सको मनीलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले बुधबार घरेलु एरेनामा भएको छनोटको खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गरे । यस अघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउदै रञ्जनसंगको भीडन्त तय गरेका थिए । ओलम्पिक छनोटमा ओलम्पिक स्कलरसीपमा रहेकी निसा रावल र रञ्जनले नेपालको तर्फबाट सहभागिता जनाउने निश्चित भएको छ ।
यसका अलावा १२ औ सागमा रजत पदक विजेता सात खेलाडी मध्यबाट विगतको अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन, उत्कृष्टता र सम्भाब्यताको आधारमा अन्य दुइ खेलाडी छनोट हुने छन् । यसै क्रममा नेपाली तेक्वान्दो टोलीले एसियन च्याम्पियनसीप तेक्वान्दो च्याम्पियनसीप र पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउने छ ।

Comment