दिलिपको स्मृतीमा बर्ष खेलाडी पुरस्कार

boys union13
दिलिप स्मृति प्रतिष्ठानले ब्वाइज युनियन तेक्वान्दो डोजाङ्गका रेजुना ठकुरी र सागर मुङ्ग चिङ्ग मगर डोजाङ्गको बर्ष उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कारसहित सम्मान गरेको छ । दिलिप स्मृती प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा ठकुरी र मगरलाई नगद ३ हजार एक सय र कदर पत्रद्वारा सम्मान गरिएको थियो । साथै उनीहरुलाई एक बर्ष सम्मको प्रशिक्षण शुल्क समेत मिनाहा गरिएको छ । ब्वाईज युनियन तेक्वान्दो डोजाङ्गका उत्पादन उनीहरुलाई अनुशासित, प्रशिक्षणमा निरन्तरता, बैदेशिक तथा स्वदेशी प्रतियोतिामा प्राप्त गरेको नतिजाको आधारमा बर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको प्रतिष्ठानका अध्यक्ष राजन के.सी.ले जानकारी गराए ।
ब्वाईज युनियन तेक्वान्दो डोजाङ्गका उदियमान खेलाडी दिलिप के.सी.को र्षिकोत्सवको उपलक्षमा उक्त सम्मान गरिएको हो । दिलिपको १२ बर्षको उमेरमा एक बर्ष अघि आजैका दिन २०७१ फागुन २२ गते निधन भएको थियो । उत्कृष्ट खेलाडी द्वयलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले नगद र कदर पत्र प्रदान गरेका थिए । साथै उनले खेलाडीको नगद पुरस्कारमा एक÷एक हजार प्रदान गरेका थिए । यस्तै अतिथी नेपाल लोकतान्त्रिक फोरम उपत्यका सह–संयोजक सार्की मान बलले पनि पुरस्कार रकममा एक÷एक हजार थप गरेका थिए ।

Comment