टेबल टेनिसमा नेपालको दोश्रो जित

Tebal Tennise
मलेसियामा जारी महिला टिम विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपाली टोलीले दोश्रो जित हात पारेको छ । विश्व ¥याङिकङ्गमा ८६ स्थानमा रहेको नेपालले बिहिबार सम्पन्न खेलमा ७६ औं स्थानमा रहेको पाकिस्तानलाई ३–१ ले पराजित गर्दै आफ्नो स्तरलाई अझ माथी उकास्न सफल भएको छ ।
नेपालकी नविता श्रेष्डले पाकिस्तानकी कासिफ रहिलालाई १३–११, ११–३ र ११–७ ले पराजित गरिन् । यस्तै एलिना महर्जन विलाल सवनम संग ९–११, ८–११ र १०–१२ ले पछि परिन् । अर्को खेलमा रविना श्रेष्ठले खुर्सिद मलिहालाई ११–७, ११–४, ९–११, ३–११ र १२–१० ले पराजित गर्दै खेललाई २–१ मा पु¥याईन् । नविताले विलाल सवनमलाई ११–५, ११–५, ४–११, ९–११ र ११–३ले पराजित गर्दै जितलाई आत्मसाथ गर्न सफल भईन् । यो प्रतियोगिता ६१–७२ स्थान भित्रको लागि भएको थियो । यस्का साथै नेपालको स्थान पनि माथि उक्लेर ६८ औं स्थानमा उक्लन सफल भएको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजबैद्यले जानकारी गराए ।
नेपालले आजनै विश्व ५४ औं स्थानमा रहेको मकाउ संग प्रतिस्पर्धा गर्ने समेत अध्यक्ष राजबैद्यले जनाए । नेपालले यस अघि विश्व ५९ औं स्थानमा रहेको स्टोनियालाई ३–१ले पराजित गरेको थियो ।

Comment