टिम ग्योरोगीमा पुलिस पहिलो

????????????????????????????????????

photo 3 rohit vs birenandae
दक्षिण कोरिया भन्दा बाहीर पहिलो पटक भएको हाङ्गमादाङ्ग तेक्वान्दो सोमबार पोखरामा सम्पन्न भयो । प्रतियोगिताको समग्र पदक तालीकामा नेपाल पहिलो, भारत दोस्रो तथा बंगलादेश तेस्रो भए । प्रतियोगितामा ३४ स्पर्धामा नौ सय भन्दा बढी खेलाडी सहभिाग थिए । सहभागि देशमा नेपाल, भारत, भुटान, बंगलदेश र मलेसियाको सहभागिता रहेको थियो । अन्तिम दिन भएको पुरुष टिम ग्यारोगीमा नेपालकै नेपाल पुलिस क्लब पहिलो तथा नेपाल आर्मी क्लब दोस्रो भए । यसैगरी, भारतीय टोलीले तेस्रो स्थान पाए ।
पहिलो भएको पुलिसको टोलीमा अनोज पुजारी, बिर बहादुर महरा, मनोज मल्ल र निश्चलमान श्रेष्ठ थिए । यसैगरी आर्मी क्लबमा रोहीत तामाङ्ग, प्रबीन गुरुङ्ग र रशेम बहादुर पुन र तारा बहादुर रायमाझी थिए ।
अथोराइज्ड पुम्से सिनीयर थ्रीमा मलेसियाका जु साम अलीजामी पहिलो भए । अथोराइज्ड पुम्से जुनियर वानमा बंगलादेशका समिर खान तथा यसैको जुनियर टुमा भारतका सुबास प्रतिक पहिलो भए । जुनियर टु फीमेलमा भारतकी इरिन नोबीस पहिलो भइन् । जुनियर थ्री मेलमा नेपालका निजारुद्धीन पहिलो भए । महिलामा नेपालकी संगीता सुनुवार पहिलो भइन् । सिनीयर वानमा भारतका हर्ष सिंह पहिलो भए । सिनीयर टुमा मलेसियाका लीयो सियो वांग पहिलो भए । महिलामा नेपालकी राधीका श्रेष्ठ पहिलो भइन् । सिनीयर थ्रीमा नेपालकै विमला भण्डारी पहिलो भइन् ।
फीस्ट ब्रेकिंगमा अदित राज पौडेल तथा नाइफ ह्यान्ड ब्रेकिंग सिनीयर थ्रीमा भारतका उदय नारायण स्नुक पहिलो भए । साइड ब्याक किंकमा नेपालकी नन्दा बस्याल पहिलो भइन् । हाइजम्प ब्रेकिंग सिनीयर वान, टु एन्ड डथ्रीा नेपालका रञ्जन श्रेष्ठ पहिलो भए । – बिस्तृत समाचार पछि)

Comment