तेक्वान्दो खेलाडीको सम्मान

taek sammane
१२ औ दक्षिण एसियाली खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडी पोखरामा सम्मानीत भएका छन् । कास्की मोटरसाइकल वर्कसप एसोसीएसनले आइतबार उनीहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा रजत पदक विजेता आयशा शाक्य, ज्ञानी चुनारा, रेजिना कार्की, निमा गुरुंग, यान कुमारी चौलागाइ र बिर बहादुर महाराको साथमा काश्य पदक विजेता निश्चलमान श्रेष्ठ रहे । यसैगरी प्रशिक्षक संगीना बैद्य, नबीन श्रेष्ठ र दिपक विष्टको साथै ब्यबस्थान सुमन घले र रेफ्रि हिरा थापा पनि सम्मानीत भए । प्रतियोगिता माधब खतीवडाको सभापतीत्वमा भएको थियो ।

Comment