सुनिलले युएसए ओपनमा प्रतिस्पर्धा गर्ने

sunil bidaieअमेरिकाको न्यूयोर्कमा आयोजना हुने न्यूयोर्क अन्तराष्ट्रिय खुला कराते च्याम्पियनसिपमा सहभागी हुन सागका स्वर्णधारी सुनिल लामा त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । उनलाई आइतबार एक समारोहका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले राखेपमा शुभकामना प्रदान गर्दै बिदाई गरे ।
मार्च ५ र ६ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा लामाले सहभागिता जनाउनुका साथै उनले मार्च २३ देखि २७ तारिख सम्म आयोजना हुने युएस ओपन करातेमा समेत प्रतिस्पर्धा गर्नेे जानकारी गराए । सोही दौरान लामाले गोशिनरियो मार्सल आर्ट एन्ड फिटनेश स्टुडियो, न्यू योर्कमा मार्च १ देखि डिसेम्बर ३१ तारिख सम्म कराते प्रशिक्षण तथा सो दौरान आयोजना हुने प्रतियोगिताहरुमा समेत सहभागिता जनाउने भएका छन् ।

 

Comment