बिश्वच्याम्पियनसीपमा विजयी सुरुवात

tte
विश्व टेवल टेनिस टिम च्याम्पियनशिपमा नेपालले महिला टिमले बिजयी शुरुवात गरेको छ । विश्व बरियतमा ८६ स्थानमा रहेको नेपालल ५६ स्थानमा रहेको इस्टोनियाका खेलाडिलाई ३–१ ले पाखा लगाएको हो । मलेसियाको क्वालाम्पुरमा जारी खेलमा नेपाली टिमका लागि नबिता श्रेष्ठले दोहोरो सफलता हात पारिन् । उनले ऐरी ओवामेरीलाई ११–७,८–११,११–५ र ११–७ ले पराजित गरिन् । दोश्रो खेलमा क्याटलिन लाटलाई ९–११,११–९,९–११,११–८ र १२–१० ले हराइन् । त्यस्तै रबिना महर्जनले वलेस्जा केटेस्कोलाई ११–७,११–१ र १२–१० को सोझो सेटमा पराजित गरिन् । नेपालकी दोस्रो बरियताकी ऐरिना महर्जन भने सघर्षपूर्ण खेलमा क्याटलिन लाटसग ८–११,५–११,११–७,११–७ र ६–११ ले पराजित भईन् ।

Comment