महिलामा आर्मी र जुनियरमा कोटेश्वरको प्रभाव

day22

पोखरा प्रदर्शन केन्द्रमा जारी २०१६ पोखरा तेक्वान्दो हाङ्गमादाङ्गको टिम ग्योरोगीको महिला स्पर्धामा नम्रता तुलाधर सहितको टोली विजयी भएको छ । आइतबार सम्पन्न स्पर्धामा नेपाली राष्ट्रिय टोलीकी प्रभावकारी सदस्य ज्ञानी चुनारा सहितको टोलीबाट मिरा काफ्ले र रेस्मा थापाले प्रतिस्पर्धा गरेका थिए । पुरुष तर्फको फाइनल स्पर्धा सोमबार हुने छ । जुनियर स्पर्धामा विपुल केसी सहितको नेपाली टोली विजयी भएको छ । टोलीमा विपुल केसी, भुवन रायमाझी, निसान श्रेष्ठ र छिरिङ्ग तामाङ्ग थिए ।जुनियरमा पहिलो हुने खेलाडी कोटेश्वर तेक्वान्दो डोजांगमा आबद्ध छन् ।
एरोबीक्समा रुपन्देही पहिलो भयो भने रिलायन्स एकेडेमी दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भए । सुनीयर पुम्सेमा नेपालका कमल श्रेष्ठ पहिलो बंगलादेशका दिपु चकीम दोस्रो तथा नेपालकै सञ्जिव ओझा तेस्रो भए ।
एकल पुम्सेकै महिला स्पर्धामा नेपालकी संगीता सुनुवार र आश्मा बाल्मीकीले शिर्ष दुइ स्थान पाए भने बंगलदेशकी उस्मा रेन्ज रमेसले तेस्रो स्थान पाइन् । हाइजम्प ब्रेकिङ्गका विभिन्न स्पर्धा मध्य एकमा मलेसियाका चोयलीङ्ग तथा अर्कोमा लियम चिया सिन पहिलो भए । सिनले नेपालकी अनीता कुमाल र सान्चुंगलाई पछि पारेका थिए ।
हाइजम्प ब्रकिङ्गकै अर्को स्पर्धामा नेपालका प्रश्न प्रधान, बसन्त भण्डारी र अस्मित लामा शिर्ष तीन स्थानमा रहे । सिनीयर टु पुम्सेमा नेपालकी राधीका श्रेष्ठ पहिलो , भुटानकी छिरिङ्ग यान्जो दोस्रो तथा भारतकी संगीता योगी तेस्रो भए । पुम्से जुनियरमा स्वरुपा राइ पहिलो भइन् भने भारतकी स्नेहा प्रधान दोस्रो तथा नेपालकै रिना लामा तेस्रो भए । हाइजम्प ब्रेकिङ्गकै एक स्पर्धामा नेपालका बिनोद बस्नेत पहिलो, पद् बहादुर थापा दोस्रो तथा निसेन मर्हजन तेस्रो भए । अलराउण्ड ब्रेकिङ्गमा नेपालका नोर्बु मोक्तान, जयदेव पौडेल र प्रकास माझी शिर्ष तीन स्थानमा रहे । पुम्से जुनियरकै स्पर्धामा भारतका शुभम प्रतिक शर्मा पहिलो र निसान दास दोस्रो भए । भारतकै मनीस नाथ तेस्रो भए । अलराउण्ड पुम्से जुनियरमा भारतकी एनीस नाबीस पहिलो भइन् भने नेपालकी रोशनी श्रेष्ठ र संगीता तीमल्सीना शिर्ष तीन स्थानमा रहे । महिलाको हाइजम्प ब्रेकिङ्गमा नेपालकी प्रज्ञा भण्डारी पहिलो, शुष्मा श्रेष्ठ दोस्रो तथा काजल श्रेष्ठ तेस्रो भए ।

Comment