सम्पदा र शिसा सेमिफाइनलमा

gojukaie
नयाज्ञानभूमीकी सम्पदा कटवाल र महश्री स्कुलकी शिसा मल्ल पाचौं महाँकाल उपत्यकाब्यापी गोजुकाई कराते च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरु दुवै २० केजी तौल समूहका खेलाडी हुन् ।
महाँकाल डोजोद्वारा आयोजित प्रतियोगिताको २५ केजीत तौलमा न्यूटनकी कामना थापा मगर र नेशनल युनाईटेडकी स्वस्तिाका महर्जनले पनि सेमिमा स्थान बनाए । यस्तै सेमिमा प्रवेश गर्ने अन्यमा ३० केजीमा गोल्डेन पिककी सर्वज्ञ राई र न्यूटनकी अश्मिता गिरी, ३५ केजीमा न्यूटनकी विनिता तामाङ्ग र नियुक्ति शेर्पा, ४० केजीमा न्यूटनकी लक्ष्मि तामाङ्ग र चिल्डेन मोडलकी प्रिती वाईवा, ४५ केजीमा चिल्डेनका संगिता तामाङ्ग र सिमा घर्ती रहेका छन् ।
छात्र तर्फ २५ केजीमा महाँकाल डोजोका अशिन मगर र होली केयरका मनोज कार्की, ३० केजीमा नेशनल युनाईटेडका प्रतिक श्रेष्ठ र महाँकाल डोजोका मनिष दाहाल पनि सेमिमा स्थान बनाउन सफल भएका छन् ।
प्रतियोगिताको गोजुकाई करातेक संस्थापक असुराज श्रेष्ठले उद्घाटन गरेका थिए ।

Comment