सुनील र फूर्वा सम्मानीत

phurba and sunil1
नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुइ कराते कर्मीलाई सम्मान गरेको सम्मानीत हुनेमा अमेरिकामा भएको फीका ओपन अन्तराष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा काश्य विजेता सुनील लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता फूर्वा सिंह तामाङ्ग रहेका छन् । सुनील ११ औ साग खेलका स्वर्ण पदक धारी हुन् । उनीहरुलाई प्रमुख अतिथी राज्यमन्त्री मञजु कुमारी चौधरी र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले ५० हजार रुपैया सहित पुरस्कृत गरे । आयोजक सस्थाका उपाध्यक्ष सन्तोष राइको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

Comment