बिश्व तेक्वान्दो हाङ्गमादाङ्ग सुरु

opening22
२०१६ पोखरा बिश्व तेक्वान्दो हाङ्गमादाङ्ग औपचारिक रुपमा शनीबार सुरु भयो । शनीबार उप प्रधानमन्त्री भिम रावलले तीन दिने प्रतियोगिताको उद्घाटन गरे । पोखरा प्रदर्शनी केन्द्रमा जारी प्रतियोगितामा ९ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालका ४० भन्दा बढी जिल्लाका खेलाडी सहभागि छन् । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको छ । भिन्ना भिन्नै एरिनामा भिन्न डिसीप्लेनका खेल भइरहेका छन् । प्रतियोगितामा सहभागि देशमा नेपाल सहित भारत, भुटान, बंगलादेश र दक्षिण कोरिया रहेका छन् । तेक्वान्दो महोत्सबको रुपमा रहेको यो स्पर्धामा स्पाइरिंगको साथै पुम्से, पावर ब्रेकिंग र एरोबीक्सका स्पर्धा समाबेश गरिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले खेलकुद नै राष्ट्रिय एकताको प्रतिक भएको बताउदै एकताको भावना खेलकर्मीबाट राजनितीत्रल सिक्नु पर्नेमा जोड दिए । उद्घाटन समारोहमा बीशीष्ट अतीथीको रुपमा नेपालका लागि कोरियाली राजदुत चोइ योंग जिन उपश्थित थिए । यसैगरी बिश्व तेक्वान्दो एकडेमी कुकीवानका उप प्रमुख ओह ह्योंग डुक र कुकीवानका निर्देशक आोह डेय योंगको पनि उपश्थिती थियो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणाले नेपालले आयोजनाको अबसर पाउनु महत्वपूर्ण भएको बताए । उद्घाटन समारोहमा सांस्कृतीक प्रदर्शनी पनि भएको थियो । साथै रिलायन्स स्कुलका विद्यार्थीले डेमो प्रश्तुत गरेका थिए । दक्षिण कोरिया बाहेक अन्य देशले आयोजनाको अबसर पाएको यो पहिलो पटक हो ।पछिल्लो समय नेपाली तेक्वान्दो प्रति अत्यन्त सकरात्मक रहेको छ । यसै क्रममा बिश्व तेक्वान्दो महासंघले ह््युमेनेटेरियन पाइलट प्रोजेक्ट नेपाललाई उपलब्ध गराएका थियो ।

Comment