टेबल टेनिसले बिश्व च्याम्पियनमा प्रतिस्पर्धा गर्ने

tte
मित्र राष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार एक समारोहविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले ४ सदस्यीय टोलीलाई राखेपमा बिदाई गरे । टोलीमा नेपाल नम्बर एक नविता श्रेष्ठ, एलिना महर्जन र रविना महर्जनले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै टोली नेतामा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष परमविर सम्शेर राणा रहेका छन् ।
फेब्रुअरी २८ देखि मार्च ६ सम्म आयोजना हुने प्रतियोगितामा टिम ईभेन्ट्समा प्रतिस्पर्धा गर्ने छन् । नेपाली महिला टिमले विश्व ¥याङकीङ्गमा आफ्नो स्थानलाई माथि उकास्नुका साथै उक्त प्रतियोगिताको लागि छनोट हुन सफल भएका कारण प्रतियोगिताम सहभागिता जनाउन लागेको संघका अध्यक्ष चतुरानन्द राजबैद्यले जानकारी गराए ।

Comment