प्राईम कलेज र एभिएमलाई टिम उपाधी

alina maharjanee
प्राईम कलेज र एभिएमले ८ औं पूर्णमान बज्राचार्य स्मृती राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता २०७२ को टिम उपाधी हात पारेका छन् । कलेज तर्फ प्राईमले ५ स्वर्ण, २ रजत र ३ कास्य र स्कुल तर्फ एभिएमले ५ स्वर्ण, ४ रजत र २ कास्यका साथ उपाधी हात पारेको आयोजक संस्थाका अध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।
काठमाण्डौ जिल्ला टेबल टेनिस संघको आयोजनमा भएको कलेजको पुरुष एकल तर्फ प्राईमका स्यान्टु श्रेष्ठले आफ्नै कलेजका निहाल श्रेष्ठलाई ११–९, १०–११, ११–७ र ११–५ले पराजित गरे । यस्तै महिला तर्फ प्रभात उच्च मा.बि.की सुजाता दुवालले धरान कलेजकी अपेक्षा शाक्यलाई ६–११, ११–५, ३–११, ११–४ र ११–९ले पराजित गर्दै स्वर्ण प्राप्त गरिन् । भेटेरान तर्फको खेलमा उदय मोहन श्रेष्ठले अग्र बिष्टलाई ११–८ र ११–६ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक पाए । बिजयी खेलाडीहरुलाई सांसद नविन्द्र राज जोशीले पुरस्कार वितरण गरेका थिए ।

Comment