टेबलटेनिसमा एभीएमको प्रभाव

एभरेष्ट बोर्डिङ्ग स्कुलका अमित बनेपाली ८ औं पूर्णमान बज्राचार्य मेमोरियल खुल्ला टेबल टेनिस च्याम्पियनसिप अन्तरगत यु –१४ छात्र एकलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । अमितले फाइनलमा एभिएमका आशिष शर्मालाई १२–१०, ११–९, ९–११, ४–११ र ११–६ को सघर्ष पूर्ण खेलमा पराजित गर्दै स्वर्ण प्राप्त गर्न सफल भएका हुन्र । सो स्पर्धामा एभिएमका डिकेन महर्जन र युरो पिसका सशांक शाहले कास्य पाए । छात्रा यु –१६ तर्फको खेलमा पन्चायत धरानकी दिक्षा दाहालले एभिएमकी दिक्षा तामाङ्गलाई ११–७, १–११, ११–६, ६–११ र १२–१० ले पराजित गर्दै स्वर्ण पाईन् । सो स्पर्धामा युसिपिएचकी स्वस्तिका घिमिरे र श्री ज्ञानमन्दिरकी अनुष्का प्रसाई कास्यमा सिमित भए ।
छात्रा टिमईभेन्टस् तर्फ एभिएमले बाजी मा¥यो । एभिएमले ज्ञानमन्दिरलाई ३–०ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । प्रभात उच्च माध्यामिक बिद्यालय र बिजेश्वरी उच्चमा.बि. संयुक्त रुपमा तेश्रो भए । कलेज तर्फको खेलमा महिला एकलमा प्रभात उच्चमा.बि.की सुजाता दुवाल सिसिआरसीकी सोनु थापा मगरलाई ११–७, २–११, ११–८ र १४–१२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । यस्तै अपेक्षा शाक्यले मन्जु सुवाल प्रभात उच्चमा.बि.लाई १२–१०, ११–३, ७–११ र ११–५ ले पराजित गर्दै फाइनलमा सुजाता संग उपाधीको लागि भिड्ने भएकी छिन् ।
पुरुष तर्फको खेलमाप्राईम कलेजका स्यान्टु श्रेष्ठ र निहाल श्रेष्ठले फाइनलमा भिडन्त गर्ने भएका छन् । स्यान्टुले सिसिआरसीका कृष्ण थापा मगरलाई ११–७, १४–१२, ११–५ ले तथा निहालले मोर्गन कजेजका प्रज्वल श्रेष्ठलाई ११–५, ११–६, ७–११ र ११–६ले पराजित गरे

Comment