स्यान्टु र एलिनाको जोडीलाई उपाधी

alina maharjanee
प्राईम कलेजका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले ८ औं पूर्णमान बज्राचार्य मेमोरियल खुल्ला टेबल टेनिस च्याम्पियनसिप अन्तरगत कजेज स्तरिय मिक्स डबल्सको उपाधी हात पारेका छन् । स्यान्टु र एलिनाको जोडीले सिसिआरसीका कृष्ण र सोनुको जोडीलाई ९–११, ११–९, ११–९ र ११–२ले पराजित गर्दै उपाधी हात पारेका हुन् । मेन्स डबल्समा प्रज्वल र कृष्ण (मोर्गान र सिसिआरसी)को जोडीले प्राईमका विनेश र नारायणको जोडीलाई ११–९, ११–७ र ११–८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक पाए । कलेज तर्फकै महिला डबल्समा प्राईमका एलिना तथा एरिका महर्जन दिदी बहिनीको जोडीले प्रभात मा.बि. भक्तपुरको सुजाता तथा मन्जुको जोडीलाई ८–११, १२–१०, ११–८, ९–११ र ११–५ को सघर्ष पूर्ण खेलमा पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए ।
टिम ईभेन्टस् तर्फ महिला तथा पुरुष तर्फको दुवै उपाधी प्राईमले आफ्नो हातमा पार्न सफल भए । उसले सिसिआरसी (क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर) लाई समान ३–१ले हराउंदैं उक्त उपाधी हात पारेको हो । स्कुल तर्फको खेलमा छात्र यु १६ तर्फ एभिएमका रितिज जोशीले शुभकामनाका निकेश महर्जनलाई ११–७, ११–८, ७–११ र ११–९ ले पराजित गर्दै प्रथम स्थान हात पारे । यस्तै यु १२ तर्फ एभिएमकै संयोज कपालीले सोही स्कुलका संजीव गुरुङ्गलाई ११–७, ११–६, १०–१२ र ११–७ले पराजित गर्दै स्वार्ण पाए ।
छात्राको यु १६ तर्फ पनि एभिएमकी शिका सुवालले आफ्नो स्कुलकी लसता महर्जनलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । शिकाले ९–११, १२–१०, १४–१२ र ११–५ अंकको जित निकाल्दै जित हात पारेकी हुन् ।

Comment