आकाशदीपलाई पहिलो स्थान

karatee
आकास दिप स्कुलले प्रथम मध्यमाञ्चल गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । नेपाल गोजुरियो कराते डो संघ कपन डोजो र त्री ज्योती स्कुल कपनको संयुक्त आयोजनामा सञ्चालीत प्रतियोगितामा एक्सेल स्कुल दोस्रो तथा त्री ज्योती स्कुल तेस्रो भयो । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी काठमाडौ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुब न्यौपानले पुरस्कार वितरण गरे । पुरस्कार वितरण समारोहमा सेन्ट लरेन्स कलेजका निर्देशक कृष्ण प्रसाद दंगालले पनि मन्तब्य ब्यक्त गरे । प्रतियोगिताको उद्घाटन १४ वटै ८ हजार मिटर भन्दा माथिल्ला उचाइ भएका हिमाल आरोहण गर्ने मिङ्गमा शेर्पाले गरेका थिए ।

Comment