हाङ्गमादाङ्गको तयारी अन्तिम चरणमा

tekwondo ngmadangh1
पोखरामा नेपाल तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको आयोजना तथा विश्व तेक्वान्दो मुख्यालय कुकीवानको सहयोगमा पहिलो पटक १५ देखि १७ फागुनसम्म २०१६ पोखरा बिश्व तेक्वान्दो हाङ्गमादाङ्ग हुने भएको छ । यसको सम्पूर्ण तयारी पनि भइसकेको छ । उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोरीयामा हरेक बर्ष आयोजना हुदै आएको मेघा ईभेन्ट पहिलो पटक कोरिया बाहीर हुन लागेको हो । प्रतियोगितामा स्वदेशी तथा अन्य मूलुकका खेलाडीहरु गरि करिव १ हजार ५ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा एक करोड ५० लाख रुपैया खर्च हुने अनुमान गरीएको छ । दुई तिहाई रकम विश्व तेक्वान्दो मुख्यालय कुकीवान दक्षिण कोरियाले उपलब्ध गराउने भएको छ । बाँकी रकम राष्ट्रिय तथा स्थानीय स्तरमा व्यबस्थापन गरीने भएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल तेक्वन्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाको अध्यक्षता तथा कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष जगन गुरुङ्ग सचिव रहनु भएको एक मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न २१ वटा विभिन्न समिती गठन गरिएको छ । प्रतियोगिताको व्यबस्थापन गर्नको लागि जगन गुरुङ्ग संयोजक रहने गरि १० सदस्यिय समिती गठन गरिएको छ ।
सन १९९२ बाट कोरीयामा लगातार रुपमा हुँदै आएको हानमादाङ्ग पहिलो पटक कोरीया भन्दा बाहिर पोखरामा आयोजना गर्न लागिएका हो । तेक्वान्दो हानमादाङ्ग प्रतियोगितालाई व्यवस्थित गर्न मुस्ताङ्गचोक स्थित लेगेसी होटलमा सचिवालय स्थापना गरिएको छ ।

Comment