रजत पदक विजेता कुशललाइ एनआरएनको स्म्मान

kushal 2नेपालका प्रतिभाशाली कराँंते खेलाडी कुशल श्रेष्ठ अस्ट्रेलियाको सीड्नीमा सम्मानित भएका छन । एनआरएन अस्ट्रेलियाको खेलकुद बिभागले गत साता मेलवर्नको अन्तराष्ट्र्रिय कराँंते च्याम्पियनशिपमा रजत पदक जितेवापत कुशललाई नगदसहित सम्मानित गरेको हो । गैर अवासिय नेपाली संघकी संरक्षक इन्द्रा वन, कोषाध्यक्ष डिला खरेल तथा खेलकुद बिभाग प्रमुख नन्द गुरुङ ,पब्लीक अफीसर समिम अनवर लगायतले खादा तथा नगदले सम्मानित गरेका हुन । दशौ साफका स्वर्णपदकधारी कराँंते खेलाडी कुशल श्रेष्ठले अस्ट्रेलियाको मेलवर्नमा सन्चालन भैरहेको सुकोकाइ काराँते ओपन च्याम्पियनशिप २०१६ मा रजत पदक जितेका थिए । अस्ट्रेलियान सुकोकाइ कराँंते डोको आयोजनामा यही फेब्रुअरीको पहिलो साता सम्पन्न  अन्र्तराष्ट्रिय आमन्त्रण कराँंते प्रतीयोगितामा कुशलले सो सफलता हात पारेका हुन । प्रतियोगितामा एशिया तथा ओसनिया राष्ट्रका करिब तिन सय खेलाडीको सहभागिता रहेको थियो । जितपछि श्रेष्ठले मुलुकको झण्डा बोकेर अस्ट्रेलियामा दोस्रो पदक हात पार्दा  निकै खुसी भएको बताए । एशियन गेम्समा कराँंते तर्फ सहभागि तारा गुरुङले पनि प्रतियोगितामा सहभािगता जनाएकी थिइन । एनआरएनका इन्द्रा वन , कोषाध्यक्ष डिला खरेल, सदस्य समिम अनवर ,राज खनाल तथा समाजसेवी मेघराज श्रेष्ठले एनआरएनकोतर्फवाट ५१ हजार नगद सहित उपहारले सम्मानित गरेका थिए । त्यस बाहेक विजेता कुशललाई पोखराका खेलप्रेमी तथा अन्यसंघ संस्थाले पनि नगदसहित सम्मानित गरेको छ ।

Comment