नवयुग रोकीदा नेपालको हार

nepal losseनेपालले १२ औ साग अन्तरगतको पुरुष फुटबलमा पराजयको सामना गरेका छ । यस अघि नै सेमिफाइनल प्रबेश गरिसकेको नेपाल बिहिबार भएको खेलमा बंगलदेशसंग २–१ ले हारेको हो । तेस्रो मिनेटमा अनन्त तामाङ्गको गोलमा अग्रता लिएको नेपालको विरुद्धमा रेहमान हसनले ४० औ तथा नबीन जिबानले ४५ औ मिनेटमा गोल गरे । तेस्रो मिनेटमा जगजीत श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । ४० औ मिनेटमा हसनले नेपाली गोल रक्षक हसनलाई विट गर्दै गोल गरे । त्यसको पाच मिनेट पछि नै जिवनले फेरी नेपाली रक्षापक्तिलाई विट गरे ।
६४ औ मिनेटमा बंगलदेशी प्रहार क्रसबारमा लागे पछि नेपाल अझ फराकिलो अन्तरको हार ब्यहोर्नबाट बच्यो । नेपाललाई पराजित गर्न सुरुवात देखि नै नेपालका स्टार फरवार्ड नवयुग श्रेष्ठलाई कडा निगरानीमा राखेको थियो ।नेपालले सेमिफाइनलमा माल्दीभ्सको सामना गर्ने छ ।

Comment