पहिलो दिन रेजिना,मोहम्मद चन्द्र र रामहरीको भिडन्त

national teame
भारतको गुहावटी र सिलोंगमा जारी १२ औ साग खेलकुद अन्तरगतका थुप्रै स्पर्धामा नेपालको उपश्थिती लगभग सकिएको छ । बिहिबार र शुक्रबार नेपालका लागि खासै महत्वको छैन । शनीबार देखि नेपालीका लागि महत्वपूर्ण दुइ खेल एकै दिन सुरु हुदै छ । शनीबार नेइग्राम इन्डोर स्टेडियेडियममा तेक्वान्दोको स्पर्धा सुरु हुने छन् । त्यसै दिन देखि नेयु क्याम्पसको मल्टी पर्पोज हलमा बक्सींग खेल सुरु हुने छ । सोमबार र मंगलबार जुडो खेल हुने छ ।
काठमाडौमा नै बन्द प्रशिक्षण गरेर भारत आएको तेक्वान्दो टोली अहिले सिलोंगमा नै रहेको छ । तेक्वान्दोको अहिलेसम्मको खेल तालीका अनुसार पहिलो दिन ५४ केजीमा चन्द्र राना मगर, ६८ केजीमा मोहम्मद ओएस, ८७ केजीका रामहरी महत र ४६ केजीमा रेजिना कार्कीले प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई हौसला प्रदान गर्न अध्यक्ष प्रकास समसेर राणा सहितको तेक्वान्दो समुह भारत आइपुगीसकेको छ ।

Comment