नेपाल समुहमा पहिलो हुने लगभग निश्चित

फाइल तस्बिर
फाइल तस्बिर

नेपालले समुहमा पहिलो स्थान हात पार्दै १२ औ सागको महिला फुटबल स्पर्धामा फाइनल प्रबेश गर्ने लगभग निश्चित भएको छ । बिहिबार भएको भारतसंगको खेलमा गोलरहति बराबरी भए पछि नेपालको समुह चरणको खेलमा पहिलो हुने सम्भावना प्रबल भएको हो । बिहिबारको खेलमा दुवै टोली रक्षात्मक भए पनि अन्तिम केही समय भारतले केही राम्रा मौकाको सृजना गरेको थियो । कमलादेवीले दुइ राम्रा अबसर गुमाएकी थिइन् । त्यो भन्दा अघि भएका हरेक खेलमा नेपाल भारतसंग पराजित हुदै आएको थियो ।
ढाका सागमा पहिलो चरणमाा भरतसंग ५–० ले पराजित नेपाल सेमिफाइनलमा ३–१ ले हारेको थियो ।
यस पछि भएका दक्षिण एसियाली च्याम्पियनसीपमा दुवै सस्करणमा नेपाल भारतसंग नै पराजित भएर उपाधि विमुख भएको थियो ।

Comment