दुवै टोलीले कमजोरी सुधार्न प्रयास गर्ने

raju kaji shakyae
नेपाली फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले बंगलादेशसंग हुने समुह चरणको दोस्रो खेलमा पहिलो खेलमा भएको कमजोरी सच्याउनु पर्ने बताएका छन् । पहिलो खेलमा भुटानलाई ५ – ० ले हराए पछि नेपाली टोलीले हल्का लीएको र केही क्षेत्रमा कमजोरी भएको प्रशिक्षक राजु काजी शाक्यले बताएका छन् । शाक्यले बंगलादेशसंगको खेलमा सुधार गर्नु पर्ने केही क्षेत्र रहेको बताएका छन् ।
बंगलादेशले पहिलो खेलमा भुटानसंग गोलरहित बराबरी गरेको थियो । यसैगरी, नेपालले भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । यसैखेलसंगै नेपालसंगै सेमिफाइनल प्रबेश गर्ने अर्को टोलीको टुंगो लाग्ने छ । बंगलादेश टोलीका प्राबीधीक निर्देशक चाकी टाकेडाले नेपालसंग फरक ढंगले उत्रने बताएका छन् । उनले आफ्ना खेलाडीले बल गुमाइसके पछि लखेट्ने काम नगरेको बताउदै भुटानसंगको खेलमा यसलाई सुधार्न पर्ने बताएका छन् । उनले आधुनीक फुटबलमा महत्वपूर्ण मानीने डायगनलटन्र्समा पनि ध्यान दिने बताएका छन् । समुह ए बाट माल्दीभ्स विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल प्रबेश गरेका छन् । भारतले माल्दीभ्सलाई ३–२ ले हराउदै श्रीलंकालाई गोल अन्तरले पछि पारेर सेमिफाइनल प्रबेश गरेको हो ।
गुहावटीमा पुरुष टोलीले खेलेकै दिन सिलोंगमा महिला टोलीले प्रतियोगिताको अर्को बलियो टोली भारतको सामना गर्ने छ । नेपालले सुरुवाती दुइ खेलमा जित हात पार्दै ६ अंक सहित अग्रता लीएको छ । पहिलो खेलमा माल्दीभ्ससंग गोलरहित बराबरी गरेको भारतले दोस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । केसीले भारत बलियो टोली भए पनि आफ्नो टोली सन्तुलित भएको बताएका छन् ।

Comment