नङ्गशलदेवीको फड्को

nangsala devi1e
बंगलादेशकी रेहनालाई पराजित गरे पछि नेपालकी नङ्गशलदेवी तामाङ्गको पदक पक्का भएको छ । क्वार्टरफाइनल खेलमा उनले २१–१०,२१–१४ को जित हात पारेकी हुन् । उनी यस सागमा दुइ पदक जित्न सफल भएकी छिन् । भोजपुरकी नङ्गशलदेवी नेपाली ब्याडमिन्टनमा यो सफलता पाउनु अघि धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा सहभागि सबै स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन् । पारिवारिक वातावरणमै ब्याडमिन्टन खेल्न सिकेकी नङ्गशलको यो सफलता र उपलब्धीमा उनको आफ्नै बाबुको योगदान महत्वपूर्ण मानीन्छ । नङ्गशल एकै परिवारका तीन ब्यक्ति सरादेवी र रत्नजित राष्ट्रिय टोलीमा रहनु उनीहरुको अर्को कीर्तिमान हो ।

Comment