पूर्व साग च्याम्पियनलाई अस्ट्रेलियामा पदक

kushal medale
१२ औ दक्षिण एसियाली खेलकुदमा कराते खेल समाबेश नभए पनि मेलबोर्नमा भइरहेको सुकोकाइ कराते ओपन च्याम्पियनसीपमा पूर्व साग विजेता नेपालीले रजत पदक जितेका छन् । १० औ सागमा स्वर्ण विजेता कुशल श्रेष्ठले यो सफलता पाएका हुन् । ७ फेब्रुअरीमा सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको फाइनलमा उनी आयोजक देशका खेलाडीसंग २–१ ले पराजित भए । क्वार्टरफाइनलमा अस्ट्रेलियाकै प्रतिद्धन्दीलाई हराएका उनले सेमिफाइनलमा पनि आयोजक देशकै प्रतिद्धन्दी माथि ९–२ को जित हात पार्न सफल भए ।
प्रतियोगितामा एसिया तथा ओसीयानाका ३ सय खेलाडीको सहभागिता रहेको थियो । एसियाडमा सहभागि तारा गुरुङ्ग भने क्वार्टरफाइनलमा आयोजक देशकै खेलाडीसंग पराजित भएकी थिइन् । उनले सुकोकोइ कराते डोको मेलबर्न डोजोमा समेत प्रशिक्षण गरेका थिए । विगत तीन सागमा गरी चार पदक जितेका श्रेष्ठ पछिल्लो समय राष्ट्रिय टोलीको प्रशिक्षक रहेका छन् । १२ औ सागमा कराते सहभागि नभएपछि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Comment