नेपालको लगातार दोश्रो जित

ladies footballe
भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले आइतबार लगातार दोश्रो जित हात पारेको छ ।राउन्ड लिगको आफ्नो दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलले पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो । पहिलो र दोश्रो हाफमा समान १–१ गोल सम्भव भयो ।
नेपालका लागि अनु लामाले ३५ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाइन् । दोश्रो गोल ८८ औं मिनेटमा निरु थपाले गरिन् ।
पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले हराउदै विजयी सुरुआत गरेको थियो । अब नेपालले फेब्रुअरी ११ तारिखमा उपाधिको प्रबल दाबेदार मानिएको भारत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Comment